राष्ट्रिय स्वतन्त्र पार्टीबाट म्याग्दीमा केसीले मनोनयन दर्ता

|

राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि डा.हरि केसीले प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराएका हुन् । बेनी नगरपालिका वडा नं १ रत्नेचौर निवासी डा. केसीले मनोनयन दर्तासँगै चुनावी अभियानमा लाग्ने बताएका छन् ।

२०७९ आश्विन २३, आईतवार प्रकाशित