एमडिएमएस सुरु भएको खुसीयालीमा बेनीमा दीप प्रज्वलन

|

मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस सुरु भएपछि म्याग्दीका एक मोवाइल पसलका सञ्चालकले खुसीयालीमा दीप प्रज्वलन गरेका छन् । म्याग्दीको सदरमुकाम बेनीस्थित नरेश मोवाइल सेन्टरले चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोवाइलका कारण भोग्नुपरेको समस्याको अन्त्य भएकाले दीपावली गरेको सञ्चालक नरेश श्रेष्ठले बताए ।

‘हिजोदेखि यो ग्राहकलाई समेत नयाँ नियमका बारेमा जानकारी गराएको छु,‘यो मोवाइलका प्रयोगकर्ताका लागि ठूलो उपहकार हो’ श्रेष्ठले भने ।  उनले मोबाइल किन्दा यो प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरिद गर्न समेत ग्राहकलाई जानकारी गराएको बताए । श्रेष्ठ मोवाइल म्याग्दीमा धेरै मोवाइलको बिक्री तथा मर्मत गर्ने मध्यमा पर्छ ।

नेपालमा भित्रिने अवैध मोबाइल सेटहरुको आयात रोक्ने उद्देश्यका साथ प्राधिकरणले यो प्रणाली कार्यान्वयमा ल्याएपछि ब्यवसायी समेत उत्साहित छन् । चोरी पैठारी तथा गैरकानुनी रुपमा आउने मोवाइलले म्याग्दीका ब्यवसायी समेत आजित थिए । मोवाइल ब्यवसायीले यो प्रणाली लागू भएसँगै बजार ब्यवस्थित हुने भएकाले अबको प्रणाली अनुसार मोबाइल सेट किन्दा ग्राहकले ठगिनु नपर्ने बताएका छन् ।

२०७९ भाद्र ३१, शुक्रबार प्रकाशित