तारामिलन छन्त्याल
सत्ता पाउन जङ्घार तरे भनिदेउन रामकसम ।
काम हैन भ्रम छरे भनिदेउन रामकसम ।
नत्र अरु कारण थिएन जर्साप खुसि पार्न ससद भङ्ग गरे भनिदेउन रामकसम ।
माओ लेनिन ,स्तालिन त उहिल्यै छाडेको हुँ शिवजिको भरमा परे भनिदेउन रामकसम ।
यती, ओम्नी बतासले उदाईराको बेला किन गर्छौ प्रश्न अरे भनिदेउन रामकसम ।
उखान टुक्का बाहेक मलाई केहि आउँदैन आन्दोलनमा को को मरे भनिदेउन रामकसम ।
पैले पैले क्रान्तिको खुवै गफ गर्ने गर्थ्यौ, काफल पाक्दा लाग्यो ‘नरे ‘भनिदेउन रामकसम ।
राम रावण जपेकै छौँ, जलहरी राखेकै छौ विन्ति भनिदेउ हरेहरे भनिदेउन रामकसम ।
बाबुसापले इच्छाएर अध्यारोमा भेटेको हुँ फेरि पनि भेट्न परे भनिदेउन रामकसम ।
जे जे देखे त्यहि त्यहि लेखेको हुँ मैले पनि तालि ठोक्देउ मन परे भनिदेउन रामकसम ।
२०७९ भाद्र २२, बुधबार प्रकाशित