क्रिकेटर सन्दीप लामिछानेविरुद्ध यौन दुर्व्यवहारको उजुरी

|

मंगलबार जिल्ला प्रहरी कार्यालय टेकुमा १७ वर्षकी एक नाबालिगले सन्दीपविरुद्ध जबर्जस्ती गरेको किटानी जाहेरी दिएकी हुन् ।
स्न्यापच्याटमार्फत् आफ्नो सन्दीपसँग चिनजान भएको र पछि इन्स्टाग्राममा पनि आफूहरु नजिक भएको ती किशोरीले आरोपमा उल्लेख गरेकी छिन् ।
केन्यासगँको सिरीज खेल्न केन्या जानु १ दिन अघि अर्थात् ५ भदौमा घटना भएको उल्लेख छ । ५ भदौमा सन्दीपले आफूलाई झुक्याएर नगरकोट पुर्याएको र त्यहाँबाट काठमाडौं फर्किँदा निकै अबेर भएपछि सन्दीपले गौशालामा एक होटलमा लगेर आफूलाई जबर्जस्ती गरेको किशोरीले बताएकी छिन् ।
उनले सन्दीपसँग मिलेर आफूले पनि मद्यपान गरेको र आफूलाई लठ्याएर सन्दीपले जबर्जस्ती गरेको आरोप लगाएकी छिन् ।
आफूले यही कुरा साथीलाई सेयर गरेपछि साथीको सल्लाहमा आफूले उजुरी दिएको पनि ती किशोरीले बताएकी हुन् ।

लामिछाने भने क्रिकेट खेल्ने सिलसिलामा हाल देश बाहिर छन्।

२०७९ भाद्र २२, बुधबार प्रकाशित