उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा तथा भाषा शिक्षण प्रदान गर्दै आइरहेको स्टुडेण्ट भाइस नेपाली शैक्षिक परामर्शदाताको प्रतिनिधित्व गदैं भियतनामको अन्नालिङ्क एजेन्ट पार्टीमा सहभागी भएको छ । नेपाल र अष्ट्रेलियाबाट एकसाथ शैक्ष्कि परामर्श दिइरहेको स्टुडेण्ट भाइसका संस्थापक बद्री बरुवाल भियतनामको एचसीएम शहरमा भएको एजुकेशन एजेन्सीको तर्फबाट अन्नालिङ्क एजेन्ट पार्टी २०२२मा सहभागी भएर नेपाली विद्यार्थी र शैक्षिक परामर्शदाताका बारेमा आफ्ना भनाई प्रस्तुत गर्नुभएको छ ।
‘मैले नेपाली ब्यवसायीको प्रतिनित्ध्व गरेर आफ्नो बारेमा बताए,‘शैक्षिक परामर्शको क्षेत्रमा नेपाल अब्बल रहेको महसुस भयो’ बरुवालले भन्नुभयो । शैक्षिक परामर्शको क्रममा ब्यापार र धेरै नाफा कमाउने नाममा गैरकानुनी कार्यहरु बन्द गर्नुपर्ने विषयमा धेरैको एकै किसिमको धारणा रहेको बरुवालको भनाई छ ।
सम्मेलनमाAllianz, Flywire, / PTE / र का साथै विभिन्न देशका शिक्षा परामर्शदाताहरूको उपस्थिति थियो। विदेशस्थित प्रतिष्ठित युनिभर्सिटी तथा कलेजहरुमा विद्यार्थी पठाउन सफल भएका नेपाल शैक्षिक परार्मशदातामध्ये स्टुडेण्ट भाइस छनौटमा परेपछि आयोजकले नै सम्पूर्ण ब्यवस्थापन मिलाएको जनाइएको छ । स्टुडेण्ट भाइसले क्यानेडामा समेत अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।