अर्घाखाँची। जिल्लाको मालारानी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरि आफै प्रहरी कार्यालयमा उपस्थित भएका छन् ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार वडा नम्बर २ डाँडाकटेरीका कमल भुसालले आफ्नी २७ वर्षिय श्रीमती सरु भट्टराई भुसालको हत्या गरेका हुन् ।
उनले घाँस काट्न गएको बेला शुक्रबार जंगलमै हत्या गरेको र प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरीले जनाएको छ ।प्रहरीमा उपस्थित भएर उनले घाँस काट्न जगंल गएको बेला श्रीमतीको घाँटीमा रुमालले कसेर हत्या गरेको बताएका थिए ।
त्यसपछि उनी इलाका प्रहरी चौकी खनदहमा प्रहरी चौकीमा पुगेको थिए ।प्रहरीका अनुसार हत्यापछि उनले श्रीमतीको शवलाई स्याउलाले छोपेका थिए । उनीहरुको विवादको कारण भने खुल्न सकेको छैन । घटना सम्बन्धि प्रहरीले अनुसन्धान गरिरहेको छ । Source: news24nepal.tv
२०७९ असार ११, शनिबार प्रकाशित