संसदीय सुनुवाईबाट अख्तियार प्रमुखमा नवीन घिमिरे

|

४ असोज, काठमाडाैं । अख्तियार दुरुपयो अनुसन्धान आयोगका प्रमुख आयुक्तका नवीन घिमिरे अनुमोदन भएका छन् । हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरेलाई संसदीय सुनुवाई विशेष समितिले बिहिबार अनुमोदन गरेको हो ।

संवैधानिक परिषदले घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । सुनुवाई समितिमा घिमिरेले सांसदहरुका प्रश्नको जवाफ दिएपछि उनी सर्वसम्मत अनुमोदन भएका हुन् ।

२०७५ आश्विन ४, बिहीबार प्रकाशित