गठबन्धन हाबी हुँदा एमालेलाई पकड वडाकै आस

|

पोखरा महानगरपालिकाको मेयर तथा उपमेयरका लागि नेकपा एमालेको अलिहेसम्म सोचे जस्तो नतिजा आउन सकिरहेको छैन् ।

एमालेबाट मेयरमा पदमा उम्मेदवारी दिएका कृष्ण थापाले अझैपनि अग्रता कायम गर्न सकिरहेका छैनन् ।

गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएका धनराज आचार्यले सुरुवात देखी नै अग्रता लिदैँ गइरहँदा अब भने एमालेले वडा १६,१७,२०, २१ र २५ बाट आफुले ठुलो परिणाम ल्याउँने आस गरिरहेको छ ।

तर, पछिल्लो समय सामाजिक सञ्जालमा भारइलर भएको अडियोका कारण कतै ती वडामा समेत एमालेलाई घात हुने त होइन ? भन्ने आशंका पनि उत्तिकै उब्जिएको छ ।

अहिले वडा ५,६, ७, १३,२०, २४, २५ र २६ को मत गणना भने भइरहेको छ । एमालेले भने मुख्य गरी १७ र २१ नम्बर वडालाई पर्खि बसिरहेको छ ।

३४ हजार ६ सय १३ मत गणना हुँदा सम्म गठबन्धनकै धनराज आचार्य अघि रहेका छन् । उनले १४ हजार ३ सय ६२ मत प्राप्त गर्दा नेकपा एमालेका थापाले १२ हजार ५ सय १७ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले १४ हजार ६ सय ८५ मत प्राप्त गर्दा एमालेकी मञ्जुदेवी गुरुङले १४ हजार २ सय ७५ मत प्राप्त गरिन्

२०७९ जेष्ठ ४, बुधबार प्रकाशित