शुक्रबार हुने स्थानीय तहको निर्वाचनको मौन अवधि सुरु भएसँगै ग्रामिण क्षेत्रमा पार्टीका समुह सक्रिय हुन थालेका छन् । मौन अवधि सुरु भएदेखि म्याग्दीका ६ वटै स्थानीय तहमा बाहिरबाट आउने, समुहमा देखिनेलाई निगरानी र मतदातालाई प्रभावित बनाउने बस्तीमा रातभर गस्ती र समुहमा बस्न थालेका छन् ।
बेनी नगरपालिका भित्रका विभिन्न बस्तीसँगै पाँचवटै गाउँपालिकामा मतदातालाई विभिन्न सहयोग दिएर भोट प्रभावितबाट रोक्न यूवा समुह नै सक्रिय भएपछि पहिलोपटक सम्भव भएको स्थानमा प्रहरीले समेत नियमित गस्ती गर्न थालेको छ । आफ्नो पक्षका मतदातालाई अरुले पैसा दिएर भोट किन्ने काम नगरोस् भनेर उनीहरुले रातभर जाग्राम बस्न थालेको उम्मेदवारका समर्थकहरुको भनाई छ ।
रातभरी बस्ने र बिहान गर फर्किर आराम गर्ने गरिएपनि बिहिबार विहानैदेखि मतदानस्थलसम्म नपुग्दासम्म निगरानी गरिएकाले ग्रामिण क्षेत्रमा बस्तीबस्तीमा बाख्लो चहलपहल देखिएको छ । आर्थिक प्रलोभनले मतदाता भड्किन सक्ने भएकाले रात्रिकालीन आवश्यक रहेको स्वतःस्फुर्त समर्थकहरु निगरानी गरिरहेको बेनपा–५का आलोक बानियाँले बताए ।
उनले आफ्नो क्षेत्रमा भोट किन्न रातीमा मान्छे आउन थालेपछि सक्रिय भएको बताए । रातिको समयमा कतै झडप वा मुटभेड नहोस् भनेर सूरक्षा सतर्कता अपनाईको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रातिको समयमा सूरक्षाकर्मीहरुले पनि गस्ती बढाएको छ ।