![](https://gandakipati.com/wp-content/uploads/2022/04/277249533_1753620881509135_8819364910941175942_n.jpg)
आगामी बैशाख ३० गते सम्पन्न हुनु गैरहेको स्थानीय तहको निर्वाचनमा म्याग्दीको मंगला गाउँपालिका–१,कुहुँमा नेपाली कांग्रेसले वडा अध्यक्ष सहित उम्मेदवार टुङगो लगाएर घरदैलो अभियान सुरु गरेको छ । वडा अध्यक्षका उम्मेदवार री प्रसाद पुन (रविन), खुल्ला सदस्यहरुमा भुपेन्द्र राम्जाली, लोकबहादुर भण्डारी, महिला सदस्यमा करिश्मा पुन र दलित महिलामा हिरा बस्याललाई उम्मेदवार बनाएसँगै घरदैलो अभियानमा लागेको वडा अध्यक्षका उम्मेदवार पुनले बताउनुभयो ।
‘टोलटोल, घरघरमा पुगेका छौ,‘पाँचबर्षको भिजन जनतालाई सुनाएका छौ’ अध्यक्षका प्रत्यासी पुनले भन्नुभयो । आसन्न स्थानीय तहको निर्बाचनमा कांग्रेसलाई जिताउनका लागि टोल टोलमा मतदाता भेटघाट कार्यक्रमलाई सक्रियताका साथ संचालन भइरहेकाले सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
२०७९ बैशाख ४, आईतवार प्रकाशित