नेका गण्डकी प्रदेशको आमन्त्रीत सदस्यमा विश्वकर्मा मनोनित

|

नेपाली कांग्रेस गण्डकी प्रदेश आमन्त्रित सदस्यमा म्याग्दीकी मनकुमारी विश्वकर्मा मनोनित हुनुभएको छ । बेनी नगरपालिका–३, भकिम्ली घर भई वडा समिति, महिला संघ म्याग्दीबाट सक्रिय राजनीतिमा प्रवेश गर्नुभएको थियो ।

विश्वकर्मा छैठौं जिल्ला अधिबेशन मा जिल्ला सदस्य हाल सातौ जिला अधिबेशन महाधिवेशन प्रतिनिधि हुनुहुुन्छ । गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले मनोनित पत्र हस्तान्तरण गर्नुभएको थियो । प्रदेश सदस्यमा मनोनित भएपछि विश्वकर्माले पार्टीको जिम्मेबारीलाई पुरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

२०७८ चैत्र २४, बिहीबार प्रकाशित