बेनी नगरपालिका–९ मा काँग्रेसबाट ७ जना आकांक्षी

|

आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा नेपाली काँग्रेस बेनी नगरपालिका–९ मा वडा अध्यक्षका लागि ७ जनाले आंकाक्षी देखिएका छन् । सोमबार वडा नं। ९ मा उम्मेद्धार छनौट गर्न भएको आम भेलामा वडा अध्यक्ष पदका लागि ७ जनाले आकांक्षी देखाएपछि सहमतीमा ट्ङ्गो लगाउन सकस परेको हो ।

अध्यक्षको प्रत्यासीमा नेपाली काँग्रेसका युवा नेता नेपाल विद्यार्थी संघ म्याग्दीका सभापती निर्मल खत्री, हालका वडा इकाई सभापति सर्वण खत्री, नेपाली काँग्रेस निर्वाचन क्षेत्र ९क० का सचिव चक्र केसी, टिका बहादुर चोखाल, पुन्य चोखाल, सुरत खड्का, निर्वाचन क्षेत्र क का कोषाअध्यक्ष नविन केसी किसान चोखालको आकांक्षी रहेको छ ।

चक्र केसी अघिल्लो निर्वाचनमा वडा अध्यक्षको प्रत्यासी हुनुहुन्थ्यो, पुन्य चोखाल अघिल्लो निर्वाचनमा वडा सदस्य पदको प्रत्यासी हुनुहुन्थ्यो । भने टिका बहादुर चोखाल अघिल्लो वडा ईकाई समितिको उपसभापती, सुरत खड्का वर्तमान वडा समितिको उप सभापती हुनुहुन्छ ।अब वडाले आकांक्षीको नाम बेनी नगर कार्यसमितिमा पठाउने र त्यहाँ टुङ्गो नलागेमा प्रदेश निर्वाचन क्षेत्रले टुङ्गो लगाउने छ । कुनै क्षेत्रमा सहमती हुन सकेन भने अध्यक्षको टिकट जिल्लाले टुङ्गो लगाउने विधानमा उल्लेख छ ।

२०७८ चैत्र २१, सोमबार प्रकाशित