जिल्ला सहकारी संघ म्याग्दीको आयोजनामा ६५औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले सहकारी संघसंस्थाहरुले आर्थिक कारोबार मात्र नभई उत्पादनको क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताए । सोही कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले सहकारी संघसंस्थामा धेरै मानिसहरु आबद्ध रहेकाले अब समुदायमा रोजगारी सिर्जनासँगै सचेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा स्वागतसहित आफ्नो मन्तव्य व्यक्त गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले राज्यले सहकारी क्षेत्रलाई उपेक्षा गरेको आरोप बताए । कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष कार्कीको अध्यक्षता र स्वागत तथा सचिव ज्योती लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व म्याग्दी सदरमुकाम बेनीमा जिल्लास्थित बचत तथा ऋण, बहुउद्देश्यीय, कृषिलगायत विभिन्न नामबाट सञ्चालित सहकारीका अभियन्ता, सञ्चालक एवं कर्मचारीहरुले आ–आफ्नो सहकारीको पोशाक, व्यानर तथा राष्ट्रिय झण्डासहित प्रभातफेरीमा ¥यालीसहित प्रदर्शन गरेका थिए ।