के-के चाहिन्छ उम्मेदवार बन्न योग्यता ?

|

निर्वाचन आयोगको बुधबार स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र साथ पेस गर्नुपर्ने स्वघोषणाका बुँदाहरुसमेत सार्वजनिक गरेको छ। आयोगले १९ बुँदे स्वघोषणाका बुँदा सार्वजनिक गदैं स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुनबाट बञ्चित हुने सहित विभिन्न निर्णय गरेको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले ठेक्कापट्टा वा चलअचल सम्पत्तिमा संलग्न रहेका व्यक्ति उम्मेदवार हुन नपाउने जनाइएको छ ।

नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, २१ वर्ष पूरा भएको नेपाली नागरिक भएको, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको लगायत छन् । यो निर्णयले स्थानीय तहको निर्माण क्षेत्रमा सक्रिय रहेका जनप्रतिनिधिहरु अबको निर्वाचनमा दोहोरिन पाउने छैनन् ।

२०७८ चैत्र १६, बुधबार प्रकाशित