
स्थानीय तहको निर्वाचन गण्डकी प्रदेशको म्याग्दी जिल्लाको बेनी नगरपालिकाको नगर प्रमुखको नेतृत्व गर्नका लागि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबाट ८ जना आकांक्षी देखिएका छन् ।
गत स्थानीय तहको निर्वाचनमा उप विजेता बन्नु भएका एमाले गण्डकी प्रदेश सदस्य प्रमोद कुमार श्रेष्ठ यसपटकको निर्वाचनमा बेनी नगरपालिकाको नगर प्रमुखमा सशक्त दाबी रहेको हिडन खबर लाई बताउनु भयो ।
गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार हरिकुमार श्रेष्ठ संग ४५ मतले पराजित भएका श्रेष्ठले यसपटक भने बिजय बन्ने आफ्नो आधार रहेको बताउनुभयो ।
यस्तै नेकपा एमाले गण्डकी प्रदेश सदस्य सन्तोष रावल र जिल्ला सचिव सुरज केसीले बेनी नगरपालिकाको नगर प्रमुखमा आफु आकांक्षी रहेको हिडन खबर लाई बताउनुभयो ।
गत स्थानीय निर्वाचनमा आफ्नो नाम समेत टिकट पाउने लिष्टमा भएको कारणले यसपटक आफ्नो दाबी स्वभाविक भएको केसी बताउनुभयो ।
यस्तै एमाले बेनी नगर कमिटीका अध्यक्ष युवा ब्यबसायी नारायण जिसीले पनि यसपटक नगरपालिका हाक्न युवावर्गले नेतृत्व पाउनुपर्ने बताउदै नगर प्रमुखमा आफ्नो सशक्त दाबी रहेको बताउनुभयो ।
यसपटक नेपाली कांग्रेस पार्टीको तर्फबाट बेनी नगरपालिकाको नगर प्रमुख पदको लागि वर्तमान नगर प्रमुख हरिकुमार श्रेष्ठ यसपटक उमेदवार बन्ने नबन्ने बारे कुनै छलफल नभएको हुदा यसबारे केही नबोल्ने हिडन खबर लाई बताउनुभयो ।
यस्तै नेपाली कांग्रेसका पुरानो नेता नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि नेत्र महत पनि बेनी नगरपालिकाको नगर प्रमुखमा आकांक्षी रहेको हिडन खबरलाइ बताउनुभयो ।
यस्तै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चिरञ्जीवी शर्मा बेनी नगरपालिका हाक्नको लागि पार्टीले विश्वास गरेको खण्डमा तयार रहेको बताउनुभयो ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेनी नगर समितिका अध्यक्ष शेरबहादुर केसीले बेनी नगरपालिकाको नगर प्रमुखको लागि आकांक्षी रहेको हिडन खबर लाई बताउनुभयो ।
यस्तै माओवादी केन्द्रका गण्डकी प्रदेश समितिका सदस्य ज्योती लामिछाने पौडेलले बेनी नगरपालिकाको नगर प्रमुखमा सशक्त दाबी रहेको बताउनुभयो।
१० वटा वडा रहेको बेनी नगरपालिकाको गत निर्वाचनमा एमालेले ८ वटा वडा जित्न सफल भएपनि नगर प्रमुखमा ४५ मतको अन्तरले नेपाली कांग्रेसका उमेदवार हरिकुमार श्रेष्ठ बिजयी हुनु भएको थियो ।
यसपटकको स्थानीय निर्वाचनमा नेपाली कांग्रेस ,माओवादी केन्द्र ,राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टी बिच चुनावी गठबन्धन हुने बारे छलफल चलिरहेको भएपनि अहिलेसम्म कसरी गठबन्धन गरेर जाने भन्ने बारे कुनै ठेगान लागेको छैन भने एमाले कुन पार्टी संग कस्तो गठबन्धन गर्ने हो त्यसको पनि अहिलेसम्म टुंगो लागेको छैन ।