क्यान्सरको उपचारको क्रममा मृत्यु भएकी महिलाको परिवारलाई सहयोग

|

फोक्सोको क्यान्सरका कारण मृत्यु भएकी अन्नपूर्ण गाउँपालिका-१,दोवाकी एक महिलाको उपचारमा संकलन भएको रकम परिवारलाई हस्तान्तरण गरिएको छ ।

क्यान्सरको उपचारको क्रममा मृत्यु भएकी नगेन्द्र गर्बुजाकी धर्मपत्नी खमायाँ गर्बुजाको उपचारमा दोवा समाजले संकलन गरेको १ लाख ३७ हजारमध्ये १ लाख २० हजार बालबालिकाको शिक्षादीक्षामा सहयोग गर्ने गरी बैंकमा राखिएको दोबा समाज पोखराका अध्यक्ष क्या.बिर्खबहादुर गर्बुजाले बताए ।

संकलित रकम अन्नपूर्ण गापाका नारायण पुन र समाजका अध्यक्ष गर्बुजाले परिवारलाई हस्तान्तरण गरेका थिए । सहयोग रकमले घर खर्च र बालबच्चाको शिक्षादीक्षामा सहज हुने नगेन्द्र गर्बुजाले बताए । दोबा समाज तथा प्रवासमा रहेका दोबाबासीले सामाजिक, मानवीय सेवा सहित विभिन्न क्षेत्रमा लाखौं सहयोग गर्ने गरेका छन् ।

 

२०७८ चैत्र ५, शनिबार प्रकाशित