यूनाईटेड अरब ईमिरेट्स (यूएई) को रसअलखेमाहमा एक नेपाली नर्सको सडक दुर्घटनामा परी मृत्यु भएको छ। विगत तीन वर्ष देखि यूएईको रसअलखेमाहमा कार्यरत पोखराकी जेनिसा गुरुङको मंगलबार बिहान सडक दुर्घटनामा परी मृत्यु भएको हो ।
आफ्नै साथीसँग दुबईबाट फर्कने क्रममा गुरुङ चढेको सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अर्की एक नेपाली नर्स र पाकिस्तानी ड्राइभर घाइते भएका छन्। दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भने गुरुङको शव स्थानीय साकार अस्पतालमा राखिएको छ।मृतक गुरुङकी श्रीमान् हाल वैदेशिक रोजगारीकै क्रममा कतारमा कार्यरत रहेका छन् ।
२०७८ फाल्गुन ४, बुधबार प्रकाशित