जाल्पा लघुवित्तले ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गर्ने

|

जाल्पा लघुवित्त वित्तीय संस्थाले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले यहीँ माघ २१ गतेदेखि माग २५ गतेसम्म कुल ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।

लघुवित्तले ८ हजार कित्ता सेयर संस्थाकै कर्मचारीहरुका लागि विभाजन गरेको छ भने २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको जनाएको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका भने सर्वसाधारण लगानीकर्ताहरुका लागि जारी गर्ने भएको छ ।

लघुवित्तको अनुसार माघ २५ गतेसम्म आवेदन दिन सकिने र आईपीओमा तोकिएको समयसम्ममा प्रयाप्त आवेदन नपरेमा फागुन ६ गतेसम्म आवेदन खुल्ला गरिने छ । आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको लघुवित्तको १ सय रुपैयाँ मुल्य तोकिएको प्रतिशेयर न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन सक्ने जनाइएको छ ।

 

२०७८ माघ १४, शुक्रबार प्रकाशित