पुनर्निमाणमा खटाइएका इन्जिनियर काम छोडेर क्याम्पस धाउँदैं

|

काठमाडौं, असोज २३ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका इन्जिनियरहरु कार्यक्षेत्रमा नगएर नियमित कलेज अध्ययनमा गईरहेको पाइएको छ ।

भूकम्प पीडितको घर निर्माणमा सहजीकरणका लागि पठाएका प्राविधिक कर्मचारीहरु विभिन्न शैक्षिक संस्थामा विद्यार्थीको रुपमा भेटिन थालेको प्राधिकरणले जनाएको छ ।

काम ठगेपछि उनीहरुलाई अनुसन्धान गरी कारवही अघि बढाउने प्राधिकरणले चेतावनी दिएको छ । प्राधिकरणले आज एक सूचना निकाल्दै प्राधिकरण र यस अन्र्तगतका निकायबाट सेवा करार सम्झौता गरी पुर्ननिमार्णको काममा खटिएका प्राविधिक कर्मचारीहरु काम छाडेर अध्ययन गरिरहेको जानकारी आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कारवाहीको चेतावनी दिएको हो ।

पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा इन्जिनियर, सब इन्जिनियर असिस्टेन्ट पदमा झण्डै तीन हजारलाई नियुक्ती गरी खटाएको छ । तर एक वर्षे करार अवधिमा नियुक्त भएका प्राविधिक भूकम्प पीडितको घर निर्माणमा सहजीकरण गर्न नजाने गरेको भन्दै प्राधिकरणम दिनहुँ गुनासा अइरहेका छन् । त्यसपछि प्राधिकरणले छानवीन गरी कारवाहीको चेतावनी दिएको हो ।

२०७५ आश्विन २४, बुधबार प्रकाशित